Dangali Onlinekhabar

Advertisment

SKIP THIS

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न ध्यान दिनुहोस : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक संगठनका नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुसंगको भेटमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदैजानु चिन्ताको बिषय भएको बताउदै नतिजा सुधार गर्न शिक्षकहरुलाई निर्देशन दिनुभएको हो ।

‘एसइइको नतिजा के कस्तो आयो सबैलाई अवगत छ । अवको नतिजा त्यस्तो नहोस’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘शैक्षिक गुणस्तर सुधार गरेर तपाई कार्यरत विद्यालयलाई नमुना बनाउन ध्यान दिनुस ।’

सामुदायिक विद्यालयलाई सबैहिसावले नमुना बनाउनेगरी काम गर्न मुख्यमन्त्रीको निर्देशन थियो ।‘पठनपाठनको दृष्टिले विद्यालयलाई नमुना बनाउनैपर्छ’उहाँले भन्नुभयो,‘नतिजा सन्तोषजनक देखिदैनन । यसमा सुधार गर्नैपर्छ ।’

असोज १२ सम्पन्न जिल्ला सम्मेलनले नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको नेतृत्व चयन गरिएको थियो । संगठनका जिल्ला अध्यक्ष मिनराज शर्माले कार्यालयको भवनलाई सिकाई केन्द्रको रुपमा विकास गर्नेगरी साधनस्रोत सम्पन्न बनाउन प्रदेश सरकारले सहयोग गर्नुपर्ने भनाई राख्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation