कृषक समूहलाई जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान

भालुवाङ १५ कार्तिक । विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङको समन्वयमा नामसालिङ सामुदायीक विकास केन्द्रद्वारा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत समुदायका किसानहरुलाई जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान गरिएको छ ।

परियोजनाको जलवायु परिवर्तन अनुकलन कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिका – ९ तल्लो घोसखोलामा गठित शान्ति कृषक समूहका किसानहरुलाई जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान गरिएको हो ।

समूहका २५ जना किसानहरुकाे सहभागीता रहेको तालिमको सहजीकरण संस्थाका कृषि अधिकृत तथा सामाजिक परिचालकले गर्नु भएको थियाे । तालिममा किसानहरुलाई जलवायु परिवर्तन संग अनुकूलित हुँदै खेतीपाती गर्ने तरिकाका बारेमा जानकारी गराइएको संस्थाका कार्यक्रम संयोजक शशांक आचार्यले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation