सिसहनियाँ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थरगढवा चाैबाटो बजारमा एभरेष्ट स्केटिङ्ग पार्कको उद्घाटन गरिएको छ ।
पार्कको उद्घाटन नेपाल स्केटिङ्ग एण्ड स्केट बोडिङ संघका केन्द्रीय सदस्य माइकल बस्नेतले गरेका थिए । पार्क उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले स्केटिङ पछिल्लो समय युवायुवतीको रोजाईको खेल भए पनि खेल जोखिमयुक्त भएकाले सुरक्षित साथ खेल्न खेलाउन सुझाव दिएका थिए । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पार्क उद्घाटन कार्यक्रममा इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रमुख प्रहरी नायव निरिक्षक मनोहरराम चाैधरी, नेपाल स्केटिङ्ग संघ दाङका सदस्य झलकसिंह रसाइली, युथ अफ देउखुरीका उपाध्यक्ष अर्जुन बस्नेत, सदस्य मोहम्मद शाहिद, किङ्ग स्केटिङ्ग पार्कका सञ्चालक संदिप कुवर, दंगाली अनलाइन खवरका कार्यकारी सम्पादक मुक्तिराम पाैडेल लगायतको उपस्थिति रहेको थियोे ।
द- अल्टिमेट तथा एभरेष्ट स्केटिङ पार्कका सञ्चालक सुरज पाण्डेको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।