Dangali Onlinekhabar

Advertisment

SKIP THIS

भद्राक्षी मगर युवा क्लबद्वारा देउसी भैलोबाट संकलित रकम निलसागर सेवा आश्रमलाई दान

दाङ २३ कार्तिक । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटस्थित भद्राक्षी मगर युवा क्लबले देउसी भैलो कार्यक्रमबाट संकलित रकम निलसागर सेवा आश्रमलाई सहयोग गरेको छ ।

क्लबका अध्यक्ष ओबिन्द्र सुनारी मगरको नेतृत्वमा शुक्रवार आश्रममा पुगी देउसीभैलोबाट बचेको रकममध्ये १० हजार रुपैयाँ नगद हस्तान्तरण गर्दै सडक आश्रित मानवलाई विहानको १ छाक खाना खुवाइएको छ ।

सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले क्लबका अध्यक्ष ओबिन्द्र सुनारी मगरले वडा नम्बर ९ का अध्यक्ष रिमबहादुर सुनारी मगरको रोहवरमा उक्त रकम आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीलाई प्रदान गरेका ।

देउसीभैलो कार्यक्रमबाट कुल १ लाख १५ हजार रुपैयाँ संकलित भए पनि खर्च कटाएर बाँकी रहेको १ लाख ३ हजार रुपैयाँमध्ये १० हजार नगद आश्रमलाई हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरण कार्यक्रममा क्लबका उपाध्यक्ष अर्जुन घर्ती मगर, कोषाध्यक्ष सुवर्ण गाहामगर, सदस्य अर्जुन घर्तीमगर तथा पत्रकार ओमप्रकाश गुप्ताको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation