मङ्लबार, माघ २१, २०८२

सभापति लामिछानेलाई अनुसन्धानको नाममा अनावश्यक कष्ट दिएको भन्दै रास्वपा दाङको आपत्ति

दाङ २३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला क्षेत्र नम्बर १ को आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

क्षत्रीय सभापति मोहन आचार्यको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति एवं पुर्व गृहमन्त्री रबि लामिछानेलाई हिरासतमा राखी अनुसन्धानको नाममा म्याद थप्दै कष्ट दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्ला क्षेत्र नम्बर १ ले सरकार प्रती घोर भत्सर्ना गरेको छ ।

रास्वपा दाङ क्षेत्र नम्बर १ ले पार्टिको कार्यक्रम, रणनीति र कार्ययोजनालाई निरन्तरता दिई चली रहेको देश ब्यापी जिल्ला भेलालाई पुर्ण रुपमा सहयोग गर्न र पार्टिलाई जुन आरोप प्रत्यारोप लगाई राजनीतिक प्रतिशोधको कारणबाट सरकारले गरेको कार्य प्रती घोर भत्सर्ना गरेको छ ।

आरोपितलाई अनुसन्धान नगरी निर्दोष व्यक्तिलाई विभिन्न लालछाना लगाई हाम्रो पार्टी सभापतिलाई हिरासतमा राखी अनुसन्धानको नाममा म्याद थप्दै अनावश्यक कष्ट, मानसिक यातना दिएको छ । यो हामिहरुलाई असह्य भएको छ, यसका लागि पार्टिको जिल्ला समिती, प्रदेश समिती र केन्द्रिय समितिले बिरोधका कार्यक्रम गर्न परेको खण्डमा पार्टिको निर्देशन अनुसार तयारी अवस्थामा रहेको दाङ क्षेत्र नम्बर १ का सभापति मोहन आचार्यले बताएका छन ।

कार्यक्रममा रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठक, प्रदेश सदस्य विनय घिमिरे, लमहि सभापति शिवलाल भण्डारी, राप्ती गाउँपालिका सभापति दोर्ण बहादुर जिसि लगायत लमही नगरपालिका, राप्ती, गढवा र राजपुर गाउँपालिका जिम्मेवार व्यक्तित्व तथा रास्वपा सदस्री र समर्थक सहित ६५ भन्दा बढिको उपस्तिथि रहेको थियो ।

त्यस्तै कार्यक्रमको संचालन रास्वपा राप्ती गाउँपालिका प्रशिक्षण बिभाग प्रमुख राज आचार्यले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation