Dangali Onlinekhabar

Advertisment

SKIP THIS

एमाले केन्द्रीय परिषद सदस्य पाेख्रेलकाे निधन प्रति श्रद्धाञ्जली व्यक्त

दाङ । लुम्बिनी प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पाेख्रेलकाे निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

पाेख्रेल परिवारकाे निवास घाेराही उपमहानगरपालिका-१५ मा पुगेर मन्त्री ढकालले श्रद्धाञ्जली व्यक्त गर्नु भएको हाे । कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन तथा समाज रुपान्तरणमा अतुलनीय भूमिका निर्वाह गरेकाे स्मरण गर्दै उहाँले पुर्‍याउनु भएको याेगदानकाे सधैं स्मरण गरिने मन्त्री ढकालले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गर्नु भएको छ । मन्त्री ढकाल संगै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले समेत श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

पार्टी महासचिव शंकर पाेख्रेलका दाजु पाेख्रेलकाे कार्तिक २३ गते ७४ बर्षकाे उमेरमा निधन भएको थियाे ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation