बाँके । नेपालगन्जमा जेब्रा क्रसिङ पैदल यात्रुका लागि सडक काट्न अत्यावश्यक चिह्न वा संकेत हो, जहाँबाट पैदल यात्रुले सुरक्षित रूपमा सडक वरपर गर्ने गर्छन ।
तर नेपालगन्जको हकमा भने सडकमा जेब्रा क्रसिङ नै मेटिएका छन ।
जोखिम मोलेर यात्रुहरूले सडक पार गर्नुपर्ने अवस्था छ ।
नेपालगन्जका प्रमुख व्यापारी केन्द्र त्रिभुवन चोक बिरेन्द्र चोक बिपि चोक क्षेत्रका सडकहरू अहिले जेब्रा क्रसिङविहीन जस्तै भएका छन । कोरिएका जेब्रा क्रसिङहरू मेटिएका छन ।
यता नेपालगन्ज ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न तिर कुनै पनि ध्यान नदिदा सडकमा भएको बाटो काट्ने जेब्रा क्रसिङ मेटिएको र दुर्घटनाको जोखिम पनि बढेको स्थानीयहरुको आक्रोश छ ।