Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती ८ मा टाेल स्तरीय विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न

सिसहनियाँ ३ असाेज । दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा संचालित टाेल स्तरीय विभिन्न खेलकुद प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

“स्वास्थ्यकाे लागि खेलकुद, राष्ट्रकाे लागि खेलकुद” भन्ने नारा सहित वडा कार्यालयको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता अन्तर्गत भलिबल, फुटबल र क्रिकेट प्रतियोगीता सम्पन्न भएको हो ।

जस अन्तर्गत ६ टाेल सहभागी

भलिवल पुरुष प्रतियोगिता तर्फ बिजाैरी टाेल प्रथम र शंकर टाेल द्धितिय भएका छन् । भने ४ टाेल सहभागी महिला भलिवल तर्फ बिजाैरी टाेल प्रथम र इन्द्रेणी टाेल द्धितिय भएका छन् ।

त्यस्तै ७ टाेल सहभागी पुरुष फुटबल प्रतियोगितामा सगरमाथा टाेल प्रथम र शंकर टाेल द्धितिय भएका छन् ।

त्यसैगरी ६ टाेल सहभागी पुरुष क्रिकेट प्रतियोगितामा बिजाैरी टाेल प्रथम र शान्ति टाेल द्धितिय भएका छन् ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीहरुलाई क्रमश १३ हजार र १० हजार नगदसहित कप र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा सागर बुढालाई अनुशासित र उत्कृष्ट खेलडीकाे रुपमा छनाेट गरि कप र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको छ ।

कार्यवाहक वडा अध्यक्ष चम्फा पुन मगरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाेल्ने वक्ताहरुले खेलकुदले युवाहरूलाई अनुशासित, स्वास्थ्य र सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान महत्त्वपूर्ण पुर्‍याउने बताउनु भएको थियोे ।

त्यस्तै उहाँहरुले आगामी दिनमा पनि यस प्रकारका खेलकुद प्रतियोगिताहरु वडा र पालिका स्तरीयमा सञ्चालन गरि सक्षम खेलाडी उत्पादन गर्ने समेत बताउनुभयाे ।

प्रतियोगिता गत कार्तिक ३० गतेदेखि मंसिर २ गते सम्म चलेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation