मङ्लबार, माघ २१, २०८२

आर्थिक विकासकालागि लगानी खाेज्दै लुम्बिनी प्रदेश सरकार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशकाे आर्थिक विकास संग जाेडिएका महत्त्वपूर्ण आयाेजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरु संगकाे छलफललाइ तिब्रता दिनु भएको छ ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटस एम्बेस्सीका आर्थिक विभाग प्रमुख साम फेलकाे नेतृत्वमा रहेकाे टाेली संग छलफल गर्दै प्रदेशकाे आर्थिक विकास संग जाेडिएका महत्त्वपूर्ण आयाेजनाहरुमा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गर्नु भएको हाे ।

सरकारले लगानीकाे वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका याेजनाहरुमा साझेदारी गर्न अनुराेध गर्नु भयाे । प्रदेश राजधानी लाई हरित र नदि सभ्यतामा आधारित नमुना शहर बनाउन लगानी चाहिएकाे जानकारी गराउदै सरकारले लगानीकाे वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न आग्रह गर्नु भयाे ।

`लगानीकाे वातावरण बनाउन चाहिने आधारहरु सरकारले बनाउछ । ढुक्ककाे वातावरण हामी निर्माण गर्छाैं । प्रदेशकाे आर्थिक विकास संग जाेडिएका आयाेजनालाइ अघि बढाउन हामी संग प्रशस्त बजेट छैन´मुख्यमन्त्री आचार्यले भन्नुभयो-`दातृ निकाय, निजि क्षेत्र संग सहकार्य गरेर महत्त्वपूर्ण आयाेजनालाइ अघि बढाउन चाहन्छाैं ।´ प्रदेश सरकारले लुम्बिनी प्रदेशकाे राजधानी शहर निर्माण, शिवपुर र कालाकाटे सुरुङ्ग मार्ग, वाैद्द सर्किटमा माेनाेरेल सञ्चालन, कृषि र पर्यटन क्षेत्रमा सघन परियाेजनाहरु अघि बढाउन सक्नेगरी लगानीकाे क्षेत्रहरुकाे वारेमा जानकारी गराएकाे छ । शिवपुर देखि कालाकाटे सम्म सुरुङ्ग मार्गकाे परियाेजना ७ किलोमिटरकाे हुने प्रारम्भिक सर्वेक्षणबाट देखिएकाे छ । जसले१८ किलोमिटर बाटाे छाेटिने भएकाले राजधानी संग पहुँच सहज हुने देखिएको हाे ।

`यी आयाेजना अघि बढेभने प्रदेशकाे आर्थिक विकासमा महत्त्वपूर्ण याेगदान पुग्छ । घाटा हाेइन नाफामा जाने आयाेजना हुन´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`प्रदेश सरकार, दातृ निकाय, निजि क्षेत्रकाे विचमा सहकार्यमा अघि बढाउन सकिन्छ ।´ प्रदेश सरकारले लुम्बिनीमा लगानी भित्र्याउन लगानी वाेर्ड संग पनि निरन्तर छलफल गरिरहेकाे छ । लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी पनि छ । प्रदेश सरकारले दाेस्राे आवधिक याेजनालाइ पूर्णता दिन थालेकाे छ । जसमा दिगाेविकास लक्ष्यले निर्धारण गरेका लक्ष्य, उदेश्य संग जाेडेर याेजनाकाे प्राथमिकिकरण गरिएको समेत जानकारी दिनुभयाे ।

गरिबीकाे रेखामुनि रहेका नागरिकहरुकाे जीवनस्तर उठाउनेगरी कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकमा राखिएको छ । छलफलमा प्रदेशका प्रमुख सचिव महादेव पन्थ, प्रदेश सचिव इश्वराज पाैडेल, प्रदेश याेजना आयाेगका पूर्व उपाध्यक्ष डाक्टर नहकुल केसी, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत लगायतले भाग लिनु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation