आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङको राप्ती गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

भालुबाङ १० मंसिर । दाङको राप्ती गाउँपालिकामा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको छ ।

राप्ती गाउँपालिका र इलाका प्रहरी कार्यालय भालुवाङको संयुक्त आयोजनामा सुरु भएको अभियानकाे साेमबार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गर्नुभएको हाे ।

राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाकाे प्रमुख आतिथ्यता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा मन्त्री तिमिल्सिनाले सबै क्षेत्रमा महिलाहरुको सम्मानजनक उपस्थिति र सहभागिता सुनिश्चित भएमात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुने बताउनुभयाे ।

त्यस्तै मन्त्री तिमिल्सिनाले लैंगिक हिंसा व्यक्ति वा परिवारको मात्रै समस्या नभएर राजनीतिक प्रणाली, सामाजिक संरचना र देशले अवलम्बन गर्ने सबै खाले नीतिहरुसँग गाँसिएको उल्लेख गर्नुभयाे ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लैङ्गिक हिंसा अन्त्य गर्न मानिसको साेचमा परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो ।

विशेषगरी शारीरिक र मानसिक रुपमा कम्जोर भएका व्यक्तिहरु बढी हिंसामा पर्ने गरेको उल्लेख गर्दै अध्यक्ष विष्टले त्यस्ता घटनालाई राेक्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी, लुम्बिनी प्रदेश राष्ट्रिय अपांग महासंघका व्यवस्थापक धिरेन्द्र विक, भृकुटी महिला बचत तथा ऋण सहकारी संस्था मसुरीयाकी अध्यक्ष हिमानी न्याैपाने लगायतका वक्ताहरुले लैंगिक हिंसा अन्त्यका लागि चेतना अभिवृद्धि, सामूहिक प्रयास र जिम्मेवारीपूर्ण व्यवहार आवश्यक रहेको बताउनुभयाे ।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक अम्मर बहादुर माझीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नु भएको थियो ।

कार्यक्रमकाे उद्घाटन हुनु पूर्व सहभागी जनप्रतिनिधि, कर्मचारी, प्रहरी, शिक्षक, विद्यार्थी, स्वास्थ्य स्वयंसेवीका लगायतको विभिन्न संस्थाहरुकाे टाेलीले प्रभातफेरी समेत निकालेको थियो ।

“हामी सबैको प्रतिवद्धता : लैंगिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता” भन्ने मुल नाराका साथ सुरु भएको अभियानका क्रममा विभिन्न अन्तरक्रिया, अभिमुखीकरण, तालिम, गोष्ठी, छलफल, संवाद लगायतका माध्यमबाट समाजमा जनचेतना फैलाउने लक्ष्य रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation