आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण शिविर शुरु

भालुबाङ १० मंसिर । दाङको राप्ती गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका कुकुरहरुको साेमबारदेखि स्थायी बन्ध्याकरण शुरु गरेको छ ।

पालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पुर्याउन थालेपछि शिविर सञ्चालन गरेर बन्ध्याकरण गर्न लागिएको हो ।

गाउँपालिकाले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङसँगको सहकार्य एवं हिमालयन एनिमल रेस्क्यू कोष पोखराको प्राविधिक सहयोगमा वडा नं. ४ को गोपीनालास्थित पशु उपचार केन्द्रमा बन्ध्याकरण तथा रेबिज विरुद्धको खाेप शिविर सञ्चालन गरेको छ ।

शिविरमा टोल टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिने र बन्ध्याकरण गर्ने काम भइरहेको छ । बन्ध्याकरण गरिका कुकुरहरुलाई पुन नियन्त्रण गरिएकै स्थानमा लगेर जाेड्ने गरिएको छ ।

शिविरको पहिलो दिन वडा नम्बर ५ र ६ का विभिन्न टाेलका ५० वटा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार शिविर मंसिर १३ गतेसम्म सञ्चालन हुने बताइएको छ। पालिकाले गतवर्ष पनि साे शिविर सञ्चालन गरि तीन सय बढी कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation