Dangali Onlinekhabar

Advertisment

SKIP THIS

आदर्श नमुना मावि लालमटियाको ६५औं वार्षिकोत्सब सम्पन्न

भालुवाङ १६ मंसिर  आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका-२ लालमटियाको ६५औं वार्षिकोत्सब कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलवान चाैधरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री इन्द्रजित थारूको प्रमुख आतिथ्यता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा भएको वार्षिकोत्सब उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले गुणस्तरीय शिक्षामा ध्यान दिन सुझाव दिएका छन् ।

विद्यालय कस्तो बनाउने भन्ने जिम्मा विद्यालय प्रशासनको मात्र नभई अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ सँगै विद्यार्थीहरूको समेत हुने हुनाले त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् । त्यस्तै कार्यक्रमका सहभागी वक्ताहरूले अहिले सम्म विद्यालयको शैक्षिक तथा भाैतिक प्रगति उत्कृष्ट रहेको र आगामी दिनमा अझ राम्रो होस् भन्ने कामना गरेका थिए ।

सो अवसरमा शिक्षा शाखा प्रमुख विश्वास विक, अभिभावक निर्मला थारू, अक्षयकोष दाता रमेशमान गुरूङ, शिक्षक अभिभावक संघका संयोजक लिलामणी पोख्रेल, पुर्व प्रधानाध्यापक बलाराम ज्ञवाली  लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेतुलाल पाैडेलले विद्यालयको वार्षिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अक्षयकोष वितरण, योग गुरु रविन्द्र बस्नेतले विद्यार्थीहरूलाई योगको डमो प्रदर्शन गराएका थिए साथै लागू औंषध सम्बन्धि सचेतनामुलक नाटक तथा साँस्कृतिक प्रस्तुति राखिएको थियोे ।  योग तथा संस्कार शिविरमा भाग लिएका विद्यार्थीबाट शिक्षकहरूलाई सम्मान गरिएको थियोे ।

सहायक प्रधानाध्यापक मिनबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक विष्णुप्रसाद पोख्रेलले गरेका थिए  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation