काठमाडौं । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको मतगणनाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगले हाल काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका ९ को वडाध्यक्षको मतगणना जारी रहेको जनाएको छ ।
पछिल्लो मतगणना अनुसार :
# कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल अगाडि रहेका छन्। उनलाई एमालेका सुरेन्द्र मानन्धरले पछ्याइ रहेका छन् ।
# हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का देवकी तिमल्सिनाले अग्रता कायम गरेकी छन् । उनलाई कांग्रेसका सविता बुढाले पछ्याइरहेकी छन् ।
# दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका उम्मेदवार एमालेका उमा लुङ्गेली मगर शेर्पाले अग्रता कायम गरेकी छन् । उनलाई माओवादी केन्द्रकी निम लेकी शेर्पाले पछ्याइरहेकी छन् ।
# यता उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना आज साँझ ५ बजेदेखि सुरु भएको छ ।
कहाँ को निर्वाचित ?
# रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा विजयी भएका छन् । उनले कांग्रेस केशकुमारी तुलाचनलेलाई पराजित गरेका हुन् ।
# मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । उनले कांग्रेसका बलराम सरदार थारुलाई पराजित गरेका हुन ।
# दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही विजयी भएका छन् । उनले कांग्रेसका झलकबहादुर भण्डारीलाई पराजित गरेका हुन् ।
# जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने विजयी भइन् । उनले कांग्रेसका इन्द्रा चन्द (सिंह) लाई पराजित गरिन् ।
# बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भइन् । उनले कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गरिन् ।
वडा अध्यक्षमा को-को निर्वाचित ?
# काठमाडौं महानगरपालिका–१६ मा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ
# कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन
# कीर्तिपुर नगरपालिका–४ मा कांग्रेसका राजेन्द्र बानियाँ
# नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे
# हेटौँडा उपमहानगरपालिका-१२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी
# डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री
# कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही
# जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह
# दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही
# रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री
# ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन
# झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली
# तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू
# सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु
# ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गंगाबहादुर तामाङ
# उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई
# सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह
# डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव
# धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट
# महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ
# रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक
# गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादव
# रौतहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम
# गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर
# गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठ
# कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर मुलसलमा
# रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर
# बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु
# बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा
# डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा
# दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर
# कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द