देउखुरी १७ मंसिर । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको गोर्खा आइडियल स्कुलमा सोमबार र मंगलबारका लागि नि:शुल्क दन्त शिविर सञ्चालन भएको हो ।
स्माईल डेन्टल क्लिनिक भालुबाङ दाङको प्राबिधिक सहयोगमा उक्त शिविर भएको हो ।
शिविरमा स्माईल डेन्टल क्लिनिकमा कार्यरत डा.रक्षा कार्की, असिस्टेन्ट साधना चौधरी र सन्चालक कृष्ण श्रेष्ठको टिमले शिविरमा बिध्यार्थी भाइ बहिनाहरुको दन्त चेक जाँच गरेका थिए ।
सो शिविरमा आज ५०० जनाको चेक जाँच भएको थियो र बाँकी भोलि पनि हुँने संचालक श्रेष्ठले बताउनु भएको छ ।
बिद्यालय मा ७५० जना बिध्यार्थी र ४५ जना शिक्षक शिक्षिका रहेका छन ।
साथै डा.कार्कीले दाँत,मुख, गिजा स्वस्थ राख्नु लागी के के कुरा गर्नु पर्छ भनी बिध्यार्थीहरुलाई सल्लाह सुझाव दिनु भएको थियो ।
विद्यार्थीहरुलाई फाइदाको लागि उक्त शिविर सञ्चानमा लिएको साथै यस्तै अरु पनि कार्यक्रमहरु सञ्चालनमा ल्याउने बिद्यालयका प्रधानाध्यापक वसन्त पुनले बताउनु भयो ।