सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

सत्यमाेहन जाेशीकाे निधनकाे शाेकमा भाेलि सार्वजनिक बिदा

सरकारले वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशीको निधनको शोकमा भाेलि मङ्गलवार सार्वजनिक बिदा दिएको  छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज साेमवार एक विज्ञप्ति निकालेर भाेलि मङ्गलवार कात्तिक १ गते जाेशीकाे निधनकाे शाेकमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

शताब्दि पुरुष जोशीको एक सय तीन वर्षको उमेरमा हिजो आइतवार बिहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशमा रहेका कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको पोखरेलले बताए ।                                                                       

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation