सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

यातायात व्यवस्था विभागले प्रहरीलाई दियो १९८ वटा स्मार्ट कार्ड रिडर

यातायात व्यवस्था विभागले प्रहरी प्रधान कार्यालयलाई चिपसहितको सवारी चालक अनुमतिपत्र चेकजाँचका लागि मेशिन सहयोग गरेको छ ।

विभागका महानिर्देशक डा.  टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई आज (बुधवार) मशिन हस्तान्तरण गरेका हुन् ।

विभागका अनुसार ट्राफिक कार्यालयहरूबाट स्मार्ट कार्ड चेकजाँचका लागि १९८ वटा स्मार्ट कार्ड रिडर, १९८ वटा स्याम कार्ड र एक वटा एप्लिकेशन सफ्टवेयर सिडी प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको हो ।

विभागले एशियाली विकास बैंकको अनुदान सहयोगमा ८४ लाख १८ हजार ६ सय ९६ रुपैयाँ बराबरको २०० थान स्मार्ट कार्ड रिडर र २ सय वटा स्याम कार्ड प्राप्त भएको जनाएको छ ।

सोही कार्ड रिडर र स्याम कार्ड विभागले प्रहरीलाई सहयोग गरेको हो ।

विभागले हालसम्म २९ लाख ४५ हजार स्मार्ट कार्ड छपाई भइसकेको जानकारी समेत दिएको छ ।

वैदेशिक रोजगारी, अध्ययन, युएन मिसनमा जाने सुरक्षा निकायका कर्मचारीहरूलाई आवश्यक कागजातका आधारमा विभागबाट नै स्मार्ट कार्ड वितरण भइरहेको समेत विभागको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation