पालुदेवता करिव ३०० बर्ष पहिले देखि पौडेल वंश र इस्टदेवता को रुपमा स्थापीत छन् ।
पौडेल वंशका पूर्वज पश्चिम नेपाल बाट पैदल यात्रा गर्दा पुर्वि पूठानको हालको मल्लरानी गाउपालिका वडा नं. २ स्थित चुजाठाटी बजारको उत्तर पुर्वी डाँडोमा निस्कने क्रममा बलेको पाला हातमा लिएर हिड्दा जुन ठाउँमा पाला निभ्यो त्यहि ठाउँलाई आधार मानेर पालु देवताको स्थापना गरियो । जुन चुजा गाउँ जाने बाटोको फेदि र चुजाखोला र मुर खोलाको दोभानको नजिक पर्दछ ।
पछि पुजागर्न तिथि मिति र विधि विधानको पुरानो लिखित दस्तावेज नभए पनि श्रुती स्मृतिका आधार र केही पुर्वजहरुको अध्ययन हेर्दा पालुवा जीव जनावर घर घरका गोठमा पसेर बाघले आक्रमण गर्ने बिघ्न बाधा गर्ने क्रम शुरु भयो ।
पालुको प्रत्येक वर्ष मंसिर शुक्ल पक्षको पुर्णिमा तिथीमा धुप धजा, कपासका बनेरा बाधेर पालुका स्थानमा गाईको दुधको धार हाल्ने र पुजा गर्न पुर्वी प्युठानको ६ गाउँका ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, दलित सबैका साझा देवताको रुपमा प्रत्येक बर्ष पुर्णिमाको दिन पुजा गर्ने गर्दा घर पालुवा जनावरलाई पुग्ने क्षती, हानि, नोक्सानी कम हुँदै बाघकै भए हुन छोड्यो । यसरी पालुको शक्तिले जंगली बाघले गर्ने आतंक रोकियो ।
तत्पश्चात मुल देवताको रुपमा पालुलाई पुजा गर्न थालियो । कृषि पशुपालनमा उल्लेखनीय सुधार भयो । यसरी हाम्रो जनजीवन संग जोडिएका पालु देवताको महिमा ठूलो छ । शक्तिको भक्ती गर्न सबैलाई कल्याण र बढोत्तरी हुने विभिन्न भाकलहरु पूरा हुने पाइएको छ । त्यसैले १ बर्ष छोडेर देवालीको बर्षमा भेडाको भोग दिने पुत्र बढाई अनिवार्य रुपमा दिनु पर्ने पुर्वी प्युठानबाट बसाई सराई गरि आएका सबै जात जाती थर योगि सबैले सङ्गै पुजा गर्ने एक मात्र देवता हाम्रा पालु महाराज र हाम्रा लेखमा शिद्ध दुबै दाजुभाइको धार हाल्ने गरिन्छ ।
पुजा गर्दा एक ब्राह्मण पुजारिले भोग अनिवार्य दिनु पर्दछ र अर्को पुजारी क्षेत्री हुनु पर्ने परम्परा छ । यद्यपि पुर्वी प्युठानबाट बसाइ सराई गरि ठूलो मधेस कुश्मा र लमही नगरपालिका १ नर्तिमा पालुको मन्दिर स्थापना गरिएको छ भने पुर्वी देउखुरीका साथै लमही र दाङ पर्सेनिबाट प्युठानिहरु जुटेर राप्ती गाउँअपालिका १ स्थित रामजहदी वनमा २०८१ मंसिर ३० गते देखि पुजा र देवालय स्थापना गरिएको छ ।
श्रोत : डिलाराम पौडेल
राप्ती गाउँपालिका २ लालमटिया देउखुरी दाङ, लुम्बिनी प्रदेश