Dangali Onlinekhabar

Advertisment

SKIP THIS

गढवा गाउँपालिकामा दुग्ध संकलन सुरु हुँदै: दुग्ध उत्पादन र बजारीकरणमा नयाँ सम्भावना”

गढवा ४ पौष । गढवा गाउँपालिकाको सहि नेतृत्व, असल नियत र सकरात्मक सोचले कृषकहरुको जिवन स्तरलाई माथी उकास्न गरिएको एउटा पहलको अन्तिम रुप दिने तयारी स्वरुप गरिएका प्रयासहरु सफल भएका छन् ।

पौष १५ गतेदेखि गढवा गाउँपालिकामा दुग्ध संकलन कार्य सुरु हुने लगभग अन्तिम चरणमा पुगेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

गढवा गाउँपालिका र राजपुर गाउँपालिकाले दुग्ध संकलन कार्य सुरु गरेपछी दुग्ध उत्पादन गर्ने किसानहरुले नेपाल सरकारले तोकेको दर रेटमा दुग्ध बिक्री गरी मासिक रुपमा भुक्तानी पाउने छन् ।

गढवा गाउँपालिकाको आर्थिक सहयोग र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्रको सहजीकरणमा गढवा गाउँपालिकामा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता परियाेजना (भिटा परियोजना) बाट गढवाका कृषकहरुको जिवन स्तरलाई माथी उकास्न गरिएको एउटा महत्वपूर्ण प्रयासको रुपमा लिईएको छ ।

दुग्ध संकलन कार्य गढवा गाउँपालिका र राजपुर गाउँपालिका बाट एक साथ सुरु हुने बताईएको छ ।

गढवामा किसानहरुले उत्पादन गरेको दुग्ध बिक्रीको समस्या देखिएकोले समस्या समाधानका लागि लुम्बिनी बिशिस्टकृत सहकारी संघले सञ्चालन गरेको डेरी उद्योग बुटवलमा गाउँपालिका र राजपुर का किसानको दुग्ध बजारी करणको लागि सम्झौता गर्ने बारे बुधबार बृहत छलफल गरी अन्तिम रुप दिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।

गढवा गाउँपालिकामा हाल करिब २५ सयदेखि ३ हजार लिटर दूध प्रतिदिन उत्पादन हुदै आएको छ भने राजपुर गाउँपालिकामा करिब ५ हजार लिटर दुग्ध उहे गरेको अनुमान गरिएको छ । तर बजारीकरण नहुदा कृषकलाई ठुलो नोक्सानी ब्यहोर्नु परेको छ। दुध उत्पादन हुन्छ बजारीकरण छैन, ५५-६० रुपैयाँ प्रति लिटर बिक्री हुन्छ र पैसा ६ महिना पछी पाईन्छ भैसी पालक कृषक देवराज यादवले जानकारी दिनुभयो । म दैनिक २० देखि २५ लिटर दूध बिक्री गर्छु तर पैसा महिनौ दिन कुर्नु पर्छ यो समस्या मेरो मात्र नभई सम्पूर्ण गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका भैसी पालक कृषकहरुको रहेको यादवले बताउनुभयो ।

गढवा गाउँपालिकाले भिटा परियोजना मार्फत गरेको कार्य गढवा गाउँपालिकाको उद्धार एतिहासिक कार्य भएको बताउनुभयो । गढवा गाउँपालिकाले यस भन्दा पहिले खसीबोकाअओ सामुहिक बजारीकरण, धानको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङसंइ सम्झौता गरी सरकारी दररेटमा धान बिक्री गरिसकेको छ भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation