Dangali Onlinekhabar

Advertisment

SKIP THIS

स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारीः मुख्यमन्त्री आचार्य

देउखुरी ७ पुस । लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवर्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको छ ।

स्थानीय वन, जंगलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई प्रदेश सरकारले प्रवर्धन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भएको छ ।

राप्ती गाउँपालिका–४ पिरखुट्टी निवासी उद्यमी डम्बरबहादुर जिसी र राप्ती गाउँपालिकाका जनप्रतिनिधिसंगको भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवर्धन गरिने बताउनु भएको छ ।‘स्थानीय उत्पादनलेनै आर्थिक विकास बढ्छ । सरकारले पनि स्थानीय उत्पादन बढाउनेगरी नीति तथा कार्यक्रम बनाएको छ’उहाँले भन्नुभयो,‘स्थानीय स्तरमा रोजगारी सृजना, स्थानीय कच्चापदार्थको सदुपयोग र आर्थिक आयस्तर बढाउन घरेलु तथा साना उद्योगले पुर्याएका छन् ।’

भेटमा उद्यमी जिसीले नेपाली हातेकागज कारखाना स्थापना गरेको, बार्षिक एक करोड बढीको कारोबार गरिरहेको, २० जनालाई प्रत्येक्ष रोजगारी दिएको मुख्यमन्त्री आचार्यलाई जानकारी गराउनु भएको थियो । ‘बनकसलाई नेपाली कागज बनाउन प्रयोग गरीरहेका छौं । यो बनकस हरेक बर्ष सदुपयोग नभएर डढेलो लागेर खरानी हुन्थ्यो’उद्यमी जिसीले भन्नुभयो,‘गत बर्ष १५ लाख रुपैयाँको बनकस खरिद गरे । अहिले २० लाखको बनकस खरिद गर्ने योजना छ ।’

सरकारी कामकाजमा स्थानीय स्तरमा उत्पादन भएको नेपाली कागजलाई प्रयोगमा ल्याउन उद्यमी जिसीले अनुरोध गर्नु भयो ।‘स्थानीय स्तरमा उत्पादन भएको नेपाली कागजलाई प्रदेश सरकारले सरकारी कामकाजमा प्रयोगमा ल्याउदा हामिहरुलाई पनि हौसला थपिने थियो’जिसीले भन्नुभयो,‘प्रदेश सरकारले उद्योगको स्तरबृद्धि गर्न पनि सघाउने आशा गरेको छु ।’ उद्योगले स्थानीय उपभोक्ताबाट बनकस खरिद गर्दै आएको छ । लोक्ता भने बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था छ । यहाँ उत्पादन भएको नेपाली कागज देशका ठूला शहरमा पुगेको, नेपाली कागज उत्पादन गर्न भ्याई नभ्याई भएको उद्यमीको भनाई छ । परिवारका सदस्यले सुरु गरेको घरेलु उद्योगबाट उत्पादन भएको कागजले राम्रो बजार पाइरहेको छ । अव उद्योगलाई स्तरबृद्धि गरेर थप २० जनालाई रोजगारी सृजना गर्ने लक्ष्य रहेको उद्यमीको भनाई छ । जिसीको परिवारले २०७९ फागुन १९ गतेबाट ४५ लाखको लगानीमा राप्ती नेपाली हातेकागज कारखाना स्थापना गरेर नेपाली कागज उत्पादन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation