Dangali Onlinekhabar

Advertisment

SKIP THIS

कपिलवस्तुको बनकसबासामा पिउने पानीको समस्या, रिक्सामा पानी बोक्न बाध्य

कपिलवस्तु । रिक्सामा ढुवानी गरेको पानीबाट गुजारा चलाउँदै आएका बनकसबासा स्थानीय गाउँलेहरु । पूर्वपश्चिम राजमार्ग छेउमा रहेको बनकसबासामा अहिले पनि पिउने पानीको अभाव नै देखिन्छ । घरमा भएभरका भाँडाकुँडा लिएर गाउँलेहरु सडक छेउमा रहेकोे पानीको धारामा पालो कुरेर पिउने पानी भर्छन् । अनि जसको रिक्सा छ, उसले रिक्सामा पानीले भरिएका भाँडाहरु हालेर घरमा ल्याउँछन् । रिक्सा नहुनेले पिठ्युँमा बोकेरै पिउने पानीको जोहो गरेको उनीहरू बताउँछन् ।

बुद्धभूमि जिल्लाको रूपमा चिनिने कपिलवस्तुको शिवराज नगरपालिका १, बनकसबासा अहिलेसम्म पनि पिउने पानीको आपूर्तिमा सहज देखिंदैन । जब कि देशमा अधिकांश स्थानमा घर घरमा पानीको व्यवस्था भएको पाइन्छ । सडक छेउमा रहेको यही पानीको ढुवानीका कारण कुनै दिन यहाँ सडक दुर्घटना हुने त्रासले स्थानीयहरु चिन्तित छन् ।

पानीको सहज आपूर्तिका लागि उनीहरूले स्थानीय शिवराज नगरपालिकाका मेयर र वडाध्यक्षसँग हारगुहार गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation