Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश खेलकुद परिषदका नव नियुक्त सदस्यहरुको शपथ

देउखुरी ८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष चेतनारायण आचार्यले प्रदेश खेलकुद परिषदका नव नियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको छ ।

सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न परिषद्को पूर्ण बैठकमा नव नियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको हो ।

खेलकुद परिषदका सदस्यहरु लेखनाग खनाल, बलबहादुर केसी, मुक्तिप्रसाद न्यौपाने, गोपिकृष्ण शर्मा, हरिबहादुर थापा, लालबहादुर घर्तीमगर, महेश काउछा, राजु महर्जन, कोशिष बहादुर खड्का, विकास घिमिरे, दिपेन्द्रकुमार डाँगी, जंगबहादुर मल्ल, कैलाशकुमार रोका, कपना आचार्य, दिपक खनाल, प्रकाश आर रानाले शपथ ग्रहण गर्नु भयो ।

यस्तै बैठकले ४ वटा कार्यविधि र एउटा निर्देशिका पारत गरेको खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिनुभयो । ‘प्रदेश खेलकुद परिषदले पूर्णता पाएको छ । नव नियुक्त सदस्यहरुको शपथ भएको छ’उहाँले भन्नुभयो,‘बैठकले कार्यविधि र निर्देशिका पारित समेत गरेको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation