शुक्रबार, माघ ११, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लमही आँखा अस्पतालको स्तर वृद्वीका लागि सहयोग गर्छौं : प्रमुख चौधरी

देउखुरी १३ पौष । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही आँखा अस्पतालको स्तर वृद्वीका लागि पालिकाबाट वजेट विनियोजन गर्ने प्रतिबद्दता व्यत गर्नु भएको छ । हामीले नगरे कसले गर्छ ? हाम्रै कार्यकाल हुँदै गर्दा यो अस्पतालको सेवा प्रबाहलाई फराकिलो गराउन मद्दत गर्छौं-‘ नगर प्रमुख चौधरीले भन्नु भयो ।

शुक्रबार लमहीमा आयोजित लमही आँखा अस्पतालको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले आँखा अस्पताल सबैको साझा संस्था हो, देउखुरी क्षेत्रलाई प्रतिनिधित्व गर्ने अस्पताल भएकोले यो अस्पतालको सेवालाई अझै फराकिलो गराउनका लागि देउखुरीका चारवटै पालिका गम्भीर हुनु पर्ने बताउनु भयो ।

त्यसैगरी गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले लमही आँखा अस्पतालले गरिब असहायहरुको उपचारमा राम्रो सेवा प्रदान गरेको बताउनु भयो । यो अस्पताललाई लमहीमा स्थापना गर्न आफ्नो पनि महत्वपूर्ण भूकिमा रहेको र आगामी दिनमा पनि सहयोग रहने बताउनु भयो ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगन्ज राप्ती आँखा अस्पताल, छन्द ( कालेबाबु) नारायणी आँखा अस्पताल, लमही आँखा अस्पतालको सामाजिक परिक्षण कार्यक्रम शुक्रबार लमहीमा सम्पन्न भएको छ । कार्यक्रममा आँखा अस्पतालले हाल सम्म दिएका सेवाहरु, हाल प्रवाह गरेका सेवाहरु तथा भावि योजना र रणतिहरुको बारेमा प्रमुख प्रशासक सम्शेर थापाले जानकारी गराएउनु भएको थियो ।

नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्ण कुमार गिरीको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव घनश्याम सुवेदीले कार्यक्रमको विषयवस्तुका बारेमा प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको संचालन आँखा अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो । सामाजिक परिक्षण रिपोर्टस क्लव दाङले गरेको हो भने सहजीकरण सो क्लवका अध्यक्ष शरद रेग्मीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation