मगर महिला सङ्घ भालुबाङ्गद्वारा निलसागर सेवाआश्रमलाई नगद तथा खाद्यान्न सहयोग

देउखुरी १३ पौष । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका वडा न,नम्बर १ भालुवाङ्ग स्थित मगर महिला सङ्घले असहाय, बेसहारा सडक मानवलाई शुक्रबार नगद तथा खाद्यान्न दान गरेर एक महान कार्य गरेकाे छ ।

गत तिहार पर्व २०८१ मा देउशिभैलाे खेलि सङ्कलित रकमबाट बचाएर राप्ती गाउँपालिका ८, पिपरिस्थित निलसागर सेवाश्रममा रहेका असहाय, बेसहारा सडकमानवलाई सहयोग पुग्ने उदेश्य ले नगद रु.५ हजार ५ सय ५५ सहित चामल ६ बाेरा, दाल १० के जि, तेल ५ लिटर, चियापत्ति १ पाेका, साेयाविन१ बाेरा, मरिच १ पाेका, बिस्कुट १ पेटि, सरफ ५ के जि र आलु समेतको खाद्यान्न रहेकाे छ ।

साे राहत सहयोग आश्र मै पुगेर नेपाल मगर महिला सङ्घ, भालुवाङ्गका अध्यक्ष बिस्पुरा घर्ती मगरकाे नेतृत्वमा गएकाे टाेलिले आश्रम का अध्यक्ष गरिबु चौधरीलाई हस्तान्तरण गर्नु भएको हो ।

साे सहयोग हस्तान्तरण कार्यक्रममा सस्थाका सेवाधारि टीका मल्लले टीका लगाइ फुलगुच्छाले स्वागत गर्नु भएको थियाे । राहत सहयोग हस्तान्तरण कार्यक्रम मगर महिला सङ्घ भालुवाङ्ग उपाध्यक्ष सुनसरी घर्ती मगर, काेषाध्यक्ष छमिदेवि पुनमगर, सल्लाहकार तिरमाला घर्ती मगर, सचिव इरादा झाक्रिमगर, सदस्य सुन्ति बुढामगर, प्यारि घर्ती मगर, सङ्गिता घर्ती मगर, रश्मि पुन मगर समेतको सहभागीता रहेकाे थियो ।

स्मरण रहाेस् मगर महिला सङ्घ भालुवाङ्ग सामाजिक सेवामा पछिल्लो समय भालुवाङ्ग क्षेत्र कै उत्कृष्ट सामाजिक संस्थाका रुपमा स्थापित भएको छ । याे संस्थाकाे स्थापनामा भालुवाङका बरिस्ठ ब्यबसायि तथा सामाजिक ब्यक्तित्व त्रिभान बुढामगरकाे महत्त्वपूर्ण याेगदान मानिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation