Dangali Onlinekhabar

Advertisment

SKIP THIS

कलभर्ट भित्र पसेर माछा मार्ने क्रममा गढवामा एक जनाको मृत्यु

गढवा १४ पौष । कलभर्ट भित्र छिरेर माछा मार्ने क्रममा गढवामा एक जनाको आइतबार मृत्यु भएको छ ।

दाङ गढवा गाउँपालिका वडा नम्बर ६ सर्वोदय चोकका ६६ वर्षीय ढोर्री कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।

आइतबार अपराह्न ४:३० बजेतिर गढवा कालाकाटे सडकखण्डको प्रनाहा नजिक कलभर्ट भित्र छिरेर माछा मार्ने क्रममा अक्सिजनको कमी वा चक्कर लागेर पानीमा ढुब्दा ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

घरबाट ११ बजेतिर माछा मार्न भनेर आएको र कलभर्ट आसपास र कलभर्ट भित्र छिरेर पानी फाल्दै माछा मारेको र त्यै पानीमा अनुहार नाक मुख डुबेको अवस्थामा स्थानीयहरुले देखेपछी प्रहरी लाई जानकारी गराएका थिए ।

मृतक कुमालको शवलाई अहिले पोष्टमर्टमका लागि लमही अस्पतालमा लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation