देउखुरी १४ पौष । दाङमा सवारी दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत भालुबाङदेखि नर्तीसम्मको १५ किलोमिटर सडकखण्डमा परीक्षणका लागि टाइम कार्ड लागू हुने भएको छ ।
पुस ११ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि परीक्षणको रुपमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा लगिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।
आइतबार जिल्ला पशासन कार्यालयमा भएको सरोकारवाला पक्षसँगको छलफलले थप निर्णयहरु गरेको छ। यो क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र सवारी साधन चलाउन मिल्ने गरी व्यवस्था गरिएको छ ।
‘यो क्षेत्रमा धेरै दुर्घटनाहरु भए । मानवीय क्षति पनि भयो । तीन महिना परीक्षणको लागि टाइम कार्ड लागू गर्ने निर्णयमा पुगेका हौँ,’ प्रजिअ लम्सालले भने, ‘यसको नतिजा कस्तो आउँछ, त्यसलाई हेरेर भावी योजना बनाउछौँ ।’