Dangali Onlinekhabar

Advertisment

SKIP THIS

दाङमा माघ सांस्कृतिक महाेत्सवकाे मुख्यमन्त्री आचार्यद्वारा उद्घाटन

दाङ १९ पौष । दाङमा माघ सांस्कृतिक महाेत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार महाेत्सवकाे उद्घाटन गर्नु भएको हाे ।

सभालाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले थारु समुदायकाे प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएकाे बताउनु भएको छ । प्रदेशमा झण्डै १५ प्रतिशत थारु समुदायकाे जनसंख्या छ, त्यसलाई सम्बाेधन गर्दै राज्यका हरेक निकायमा १४ प्रतिशत सुनिश्चित गरिएकाे र निजामती सेवामा प्रवेश गर्न आह्वान गर्नुभयाे ।

`प्रदेश निजामती सेवा ऐनले थारु समुदायकाे प्रतिनिधित्वलाई सुनिश्चित गरेकाे छ । अब नियमावली बनाएर कार्यान्वयनमा लैजान्छाैं´उहाँले भन्नुभयाे-`थारु समुदायकाे प्रतिनिधित्वलाइ राज्यले सम्बाेधन गरेकाे छ । युवा पुस्ता अब आफ्नाे समुदायकाे विकास र समृद्धिकालागी अघि बढ्न जरुरी छ ।´ मुख्यमन्त्री आचार्यले प्रदेशमा बाेलिने थारु लगायत चलनचल्तीकाे भाषालाई सरकारी कामकाजकाे भाषा बनाउनेगरी ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।`छिट्टै ऐन निर्माण गरेर सरकारी कामकाजकाे भाषाकाे रुपमा सम्बाेधन गर्न्छाै´उहाँले भन्नुभयाे-`थारु समुदायकाे कला, संस्कृतिलाई आर्थिक विकास र समृद्धि संग जाेड्न जरुरी छ । प्रदेश सरकारले प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेकाेकाे छ ।´ थारु समुदायकाे कला, संस्कृतिकाे प्रबर्द्धन गर्न थारु संग्रहालय निर्माणमा प्रदेश सरकारले सहयाेग गरेकाे जानकारी दिनुभयाे ।

थारु कल्याणकारीणी सभा दाङले थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले माघ सांस्कृतिक महोत्सव माघ सांस्कृतिक महोत्सव आयाेजना गरेकाे हाे । पुसको २० गतेसम्म महाेत्सव चल्ने छ ।

महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकार माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिएकाे छ ।

आर्थिक जागरण र सांस्कृतिक रुपान्तरण हाम्राे अभियान, सामाजिक न्याय सहित समृद्धिमा हाम्रो याेगदान भन्ने मुख्य नारा सहित माघ महाेत्सव आयाेजना गरिएको छ ।

थारु कल्याणकारी सभा दाङका सभापति अशाेक कुमार चाैधरीकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्याैपाने, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चाैधरी, घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चाैधरी, मतहवा महासंघका चन्द्रप्रकाश चाैधरी, केन्द्रीय सल्लाहकार लक्ष्मी चाैधरी लगायतले सम्बाेधन गर्नु भएको थियाे ।

थारु कल्याणकारीणी सभाले विभिन्न माग राख्दै १० बुदे ज्ञापनपत्र मुख्यमन्त्री आचार्यलाई बुझाएको छ । थारु भाषालाई सरकारी कामकाजकाे भाषाकाे रुपमा प्रयाेगमा ल्याउनुपर्ने, थारु समुदायकाे मतहवा परम्परा लाई कानूनी मान्यता दिनुपर्ने लगायतका माग समेटिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation