Dangali Onlinekhabar

Advertisment

SKIP THIS

प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग

सिसहनिया २२ पुस । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) राप्ती गाउँपालिकाले साेमबार निलसागर सेवा आश्रममा खाद्यान्न सहयोग गरेको छ ।

प्याब्सनले राप्ती गाउँपालिका वडा नम्बर ८ मिलन डाँडामा रहेको आश्रमलाई ४२ हजार ६ सय ५० रुपैयाँ बराबरको दाल,चामल, नुन, तेल र चिउरा सहयोग गरेको हो ।

प्याब्सनको ३४ औं स्थापना दिवसको अवसरमा सडक सहयोगापेक्षी मानवहरूको लागि उक्त खाद्यान्न सहयोग गरिएको प्याब्सन राप्तीका अध्यक्ष रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

राप्ती गाउँपालिकामा सञ्चालित प्याब्सन अन्तर्गतका ११ वटा निजी विद्यालयहरूबाट रकम संकलन गरि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको उपस्थितिमा उक्त खाद्यान्न आश्रमका कार्यवाहक अध्यक्ष गरिबु थारुलाई हस्तान्तरण गरिएको थियो ।

खाद्यान्न सहयोग कार्यक्रममा प्याब्सनका लुम्बिनी प्रदेश सदस्य तेजबहादुर विष्ट, दाङ जिल्ला सदस्य पुष्करदेव चौधरी, प्याब्सन राप्तीका सचिव भेषबहादुर बुढाथोकी, कोषाध्यक्ष इश्वरीप्रसाद भुसाल, समाजसेवी मन्जु विष्ट लगायतको सहभागिता रहेको थियो ।

आश्रममा हाल ४ महिला सहित २४ जना रहेका छन् ।

प्याब्सनले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न शैक्षिक कार्यक्रमहरु समेत सञ्चालन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation