मङ्लबार, बैशाख ९, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती मोवाइल व्यवसायी संघद्धारा नीलसागर सेवा आश्रमलाई सहयोग प्रदान

भालुवाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ–देउखुरीको राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका स्तरिय गठित राप्ती मोवाइल तथा इलेक्टोनिक्स् व्यवसायी संघले सनिवार निलसागर सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ ।

संघले राप्ती गाउँपालिका वडा नम्बर ८, पिपरीमा अवस्थित नीलसागर सेवा आश्रममा पुगेर त्यहाँ रहेका असहाय, अशक्तहरुलाई सहयोग स्वरुप खाद्यान्न सहयोग गरेको छ ।

राप्ती मोवाइल तथा इलेक्टोनिक्स् व्यवसायी संघका अध्यक्ष हरी खड्काको नेतृत्वले नीलसागर सेवा आश्रमलाई सहयोग स्वरुप चामल, तेल, आलु, प्याज लगायतका खाद्यान्न सहयोग गरेको संघमा महासचिव कमल खनालले बताए ।

संघका अध्यक्ष हरी खड्काले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा थोरै भए पनि मानव सेवा होस् भन्ने उद्देश्यले नीलसागर सेवा आश्रममा पुगेर खाद्यान्न सहयोग गरेको बताए । उनले भने ‘सामाजिक उत्तरदायित्व अन्तरगत यस प्रकारको सेवामुखी कार्यक्रम आगामी दिनमा पनि निरन्तर दिने छौं ।’

उक्त कार्याक्रममा अध्यक्ष खड्का सहित संघका बरिष्ठ उपाध्यक्ष नविन शाही, महासचिव कमल खनाल, अशोक बेल्वासे, प्रेस संयोजक बासुदेव न्यौपानेको उपस्थिती रहेको थियो । उक्त आश्रममा सडकमा अलपत्र अवस्थामा रहेका व्यक्तिहरुलाई उद्वार गरेर आश्रय दिने गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation