![](https://dangalionlinekhabar.com/wp-content/uploads/2025/01/20250109_200959-scaled.jpg)
सिसहनियाँ २५ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा सञ्चालित पाँच दिने अचार बनाउने तालिम बिहीबार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष चम्फा पुनकाे अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीकाे प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हाे ।
समापन कार्यक्रममा बाेल्दै उपाध्यक्ष चौधरीले महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।
त्यस्तै उहाँले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
विगतमा धेरै व्यक्तिहरुले तालिम लिएको तर व्यवसायमा जोडिन नसकेको उल्लेख गर्दै उपाध्यक्ष चौधरीले पालिकाले अब तालिमसँगै प्रविधि पनि सहयोग गरेर व्यावसायिक बन्न प्रेरित गरेको बताउनुभयो ।
तालिमका सहभागीहरु सरस्वती केसी र शिला चौधरीले तालिममा फरक प्रकारका अचार बनाउन सिकेको प्रति खुशी व्यक्त गर्दै व्यवसायिक बन्ने आशा व्यक्त गर्नुभयो ।
राप्ती गाउँपालिका वडा नम्बर ८ काे आयोजनामा सञ्चालित उक्त तालिममा २५ जना महिलाहरुकाे सहभागीता रहेकाे थियोे ।
तालिममा प्रशिक्षक ज्ञानु खड्का र संगीता चाैधरीले माछा, मासु, लसुन, अमला, गुन्दुक, भटमास, टिमुर लसुन, अखबरे खुर्सानी, मुला, मिक्स अचार लगायत लामो समयसम्म टिक्ने विभिन्न किसिमका अचार बजाउन सिकाउनु भएको थियो ।