Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती गाउँपालिकामा निर्माण व्यवसायी र श्रमिकहरूको हकहितका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिसहनियाँ २५ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा बिहीबार स्थानीय निर्माण व्यवसायी तथा श्रमिकहरूको हकहितका लागि जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अखिल नेपाल निर्माण मजदुर संघ दाङको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा श्रमिकहरूको सामाजिक सुरक्षा र अधिकारका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले श्रमिकहरूको हितका लागि पालिकाले श्रमिक सामाजिक सुरक्षा कोष स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले यसै वर्षदेखि कार्यक्रम लागू गर्ने योजना रहेको र उक्त कोषले स्वास्थ्य जोखिम तथा आकस्मिक घटनाहरूमा थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले श्रमिकहरूको जीवनस्तर उकास्न र सामाजिक सुरक्षालाई मजबुत बनाउन पालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले,पूर्व वडा अध्यक्ष जगत थापा, वडा नम्बर ८ का पूर्व अध्यक्ष गोकर्ण बहादुर राना मगर, संघका सल्लाहकार बसन्त नेपाली, लालमटिया बृहत् खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष कृष्ण गिरी लगायत मजदुर संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका सचिव हरि बहादुर मल्लले गर्नुभएको थियो ।

यस अन्तरक्रिया कार्यक्रमले स्थानीय निर्माण व्यवसायी र श्रमिकहरूको हकहित संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । सहभागीहरूले श्रमिकहरूको सामाजिक सुरक्षा र अधिकारका विषयमा जनप्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation