मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती कृषि सहकारी संस्था लिमिटेडकाे प्रथम वार्षिक साधारणसभा सम्पन्न

सिसहनियाँ २८ पुस । राप्ती कृषि सहकारी संस्था लिमिटेड राप्ती गाउँपालिका ९ रुपाकोटको प्रथम वार्षिक साधारण सभा आइतबार रुपाकोटमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष विष्णु बहादुर कवर याेगीको अध्यक्षता एवं राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता सम्पन्न सभामा बाल्दै अध्यक्ष विष्टले सहकारीको माध्यम बाट समाजको आर्थिक रुपान्तरण णथसम्भव रहेको बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले अब आर्थिक समुन्नतिका लागि परम्परागत रुपमा गर्दै आएको कृषि तथा पशु पालन व्यवसायलाई व्यवसायिक रुपमा विस्तार गर्नको आग्रह गर्दै त्यसका लागि सहकारीले अगुवाइ गर्नु पर्ने र यसमा स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

सहकारी संस्थाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम भए पनि कतिपय सञ्चालकहरूको अनियमितताका कारण बदनाम हुने गरेको भन्दै अध्यक्ष विष्टले सञ्चालकहरूमा इमानदारीता आवश्यक रहेकोमा जोड दिनुभयो ।

सभामा संस्थाका सचिव विष्णु बहादुर चुहान मगरले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लिला पुन मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष रिम बहादुर सुनारी मगर,नामसालिङ सामुदायिक विकास केन्द्रका दाङ जिल्ला संयाेजक शशांक आचार्य,फिल्ड संयाेजक धर्म यादव लगायतका वक्ताहरूले राप्ती गाउँपालिकाको विकट तथा पहाडी गाउँमा पहिलो पटक सहकारी संस्था सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै कृषि सहकारी मार्फत स्थानीयहरूलाई कृषि सँग जोडेर उद्यमी बनाउन भुमिका खेल्नु पर्ने बताउनुभएको थियोे ।

सभा उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चाैधरी, वडा नम्बर १ का अध्यक्ष गेम बहादुर खड्का, कार्यपालिका सदस्य रण बहादुर पुजाली अन्य जनप्रतिनिधि,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुकाे सहभागीता रहेको थियो ।

साे अवसरमा सहकारी संस्थालाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

संस्थाका सहसचिव भेष बहादुर कार्कीको स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमको सञ्चालन संस्थाकी काेषाध्यक्ष लीला पुन मगरले गर्नुभएको थियो ।

यसैबीच नामसालिङ सामुदायिक विकास केन्द्रले सहकारी संस्थाकाे कार्यालय व्यवस्थापनका लागि १ लाख ५० हजार रुपैयाँ बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

सहकारी स्थापना कालदेखि नै विभिन्न तालिम, पशुपालन घुम्ती काेष लगायतका आर्थिक तथा प्राविधिक सहयाेग गर्दै आइरहेकाे केन्द्रले साे सहयोग सामग्री सहयोग गरेको हाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation