मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशले माघ २ गते सार्वजनिक विदा दिने

दाङ । लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ ।

माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको हो ।

यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ती तथा माघ पर्वको अवसरमा सार्वजनिक विदा निर्णय गरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation