मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

देउखुरीको हर्षेडाँडामा संचालन माघी मेला सम्पन्न

देउखुरी ३ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया स्थित हर्षेडाँडामा परम्परागत माघी मेला तथा साँस्कृतिक कार्यक्रम बिहिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा गत वर्ष जस्तै यस वर्ष पनि परम्परागत माघी मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो ।

समुहका अध्यक्ष जोहरमान मियाको अध्यक्षता, राप्ती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरीको प्रमुख आतिथ्यतामा धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणका लागि “हाम्रो संस्कृति, हाम्रो पहिचान स्थानीय कला संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ पुस २९ गते देखि सुरु भयको मेला माघ ३ गते सम्पन्न भएको हो ।

उक्त मेलामा भएको नृत्य प्रतियोगितामा द डान्स ग्रुप भालुवाङ प्रथम, शुसान्त शारु मगर द्वित्तिय, उज्यालो भविस्य सदन तृतीय र पाखापानी डान्स ग्रुप सान्तवना भएका थिए ।

त्यसै गरि मेला आयोजकले राप्ती गाउँपालिका २ नम्बर वडा कार्यालय, हाम्रो लुम्बिनी न्युज डटकम, दङगाली अनलाइन खबर डटकम, सास्कृतिक संयोजक, लालमटिया बजार व्यवस्थापन समिती, इलाका प्रहरी कार्यालय भालुबाङ, राप्ती उद्योग बाणिज्य संघ भालुबाङ, युनाइटेड लालमटिया युवा क्लब, नेपाल महिला मगर संघ लालमटिया र स्मृति के सि ग्रुपलाई मायाको चिनो प्रदान गरेको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राज कुमार आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन वन उपभोक्ता समुहकी सचीव कृष्णा पोख्रेलले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण समुहका अध्यक्ष जोरमान मियाले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation