मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

भावनामा बगेर होइन, यथार्थमा रहेर मुल्यांकन गरौंः मुख्यमन्त्री आचार्य

देउखुरी ४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थापनाको केही बर्षमै प्रदेशको बारेमा नकारात्मक टिकाटिप्पणी गर्ने बेला भईनसकेको बताउदै भावनामा बगेर होइन, यथार्थमा रहेर प्रदेश सरकारको मुल्यांकन गर्न आग्रह गर्नु भएको छ ।

मुख्यमन्त्री संग कान्तिपुर बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार स्थापना भइसकेपछी भौतिक विकास र मानविय विकासको कामले गति लिएको, नागरिकहरुले अपनत्व गर्दै गएका कारण प्रदेश सरकार जनताकै पक्षमा रहेको पुष्टी गरेको बताउनु भयो । ‘प्रदेशको बारेमा नारात्मक टिकाटिप्पणी गर्ने बेला अझैं भइसकेको छैन ।

भावनामा बगेर होइन, यथार्थमा रहेर प्रदेश सरकारको मुल्यांकन गर्न जरुरी छ’उहाँले भन्नुभयो,‘प्रदेश सरकार स्थापना हुनुभन्दा अघि र प्रदेश सरकार स्थापना भएको अवधिमा भएका विकासलाई तुलना गरेर मात्रै मुल्यांकन गर्दा न्याय हुन्छ भन्ने लाग्छ ।’ प्रदेश स्थापनापछीका ७ बर्षको अवधिमा गाउँ बस्तीको मुहार फेरिएको, बाटो–घाटो पक्कि भएको, खानेपानीको धारा घर घरमा पुगेको, आधारभुत स्वास्थ्य उपचारमा नागरिकको पहुँच पुगेको, गाउँ तहमा शिक्षालयहरु खुलेको, प्राविधिक बिषयको अध्ययन गर्न समुदायमै अवसर प्राप्त भएका जस्ता उपलब्धिलाई पनि हेर्न जरुरी रहेको भनाई उहाँको छ ।

गाउँमा विकास पु¥याउने काम प्रदेश सरकारले गरिरहेको र जनजीवनमा सकारात्मक परिवर्तन देखा परेको मुख्यमन्त्री आचार्यको भनाई छ । प्रदेश सरकारले प्रदेश गौरवका आयोजनालाई तिब्रता दिएको र चाँडै सम्पन्न गर्नेगरी रणनीति बनाएको बताउनु भयो । पाल्पको रामपुर देखी रोल्पाको जिनावाङ्ग सडक, लुम्बिनी प्रादेशिक अस्पताल निर्माण, लुम्बिनी प्रदेश प्रशासनिक केन्द्र भवन निर्माण, लुम्बिनी प्राविधिक विश्व विद्यालय नेपालगञ्जको कामलाई सरकारले गति प्रदान गरेको भनाई उहाँको थियो ।

कान्तिपुर संग मुख्यमन्त्री कार्यक्रममा नागरिकले उठाएका सवालहरुको जवाफदिदै मुख्यमन्त्री आचार्यले नागरिकका समस्या सुन्न, पिर मर्का बुझ्न प्रदेश सरकार जतिबेला पनि तयार रहेको बताउनु भयो ।‘जनताको पिर मर्का बुझ्नकै लागि सरकार बनेको हो । नीति, नियम, कानून बनाएर समस्यालाई समाधानगर्नेगरी कामहरु भइरहेका छन’उहाँले भन्नुभयो,‘केही कामहरु अझैं गर्न बाँकी छन् । त्यसमा सरकारले ध्यान दिएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation