
सिसहनियाँ ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ कालापानी सिसहनियाँमा सञ्चालित दोस्रो औद्योगिक तथा कृषि व्यापार महोत्सव तीन दिन थपिएकाे छ ।
सिसहनियाँ उद्योग वाणिज्य संघको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालको पूर्वी भागमा सञ्चालित महोत्सव तीन दिन थप गरिएकाे उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीले जानकारी दिनुभयाे ।
ग्राहक र दर्शककाे माग अनुसार महाेत्सव तीन दिन थप गरिएकाे संघका अध्यक्ष बुढाथाेकीले जानकारी दिनुभयाे ।
अब महाेत्सव माघ १० गते सम्म सञ्चालन हुने भएकाे छ ।
गत पुस २५ गतेबाट शुरू भएकाे महाेत्सव करिब १५ दिन सम्म सञ्चालन हुने भएकाे छ । महाेत्सवमा स्थानीय उत्पादन, हस्तकला लगायतका एक सय बढी स्टलहरू रहेका छन् ।