मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्ती आधारभूत अस्पताल भवनको उद्घाटन पूर्व प्रधानमन्त्री प्रचण्डले गर्ने

सिसहनियाँ ८ माघ । राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ कालापानीमा नवनिर्मित पालिका स्तरीय राप्ती आधारभूत अस्पताल भवनको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले गर्नुहुने भएको छ ।

पालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार माघ १२ गते दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरिएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका “प्रचण्ड” माघ ११ र १२ गते माओवादी केन्द्र तुलसीपुर र घोराही उपमहानगरपालिकाको नगर अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी भई त्यसपछि अस्पताल भवनको उद्घाटनका लागि सिसहनियाँ कालापानी आउने कार्यक्रम रहेको छ ।

त्यस्तै भवन उद्घाटन कार्यक्रममा संघीय, प्रदेश र स्थानीय तहका विशिष्ट व्यक्तित्वहरू, स्वास्थ्यकर्मी र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।

उक्त कार्यक्रममा उपस्थितिका लागि पालिकाका अध्यक्ष प्रकाश विष्टले सबैलाई निमन्त्रणा गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation