मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

मृगाैला राेगबाट मृत्यु भएका परिवारलाई महाेत्सव व्यवस्थापकद्वारा नगद १५ हजार सहयाेग

देउखुरी ९ माघ । सिसहनियाँ महाेत्सवस्थल नजिक दुबै मृगाैला खराब भई गत माघ ५ गते मृत्यु भएका मन्टुप्रसाद चाैधरीकाे परिवारलाई महाेत्सव ब्यवस्थापकहरूले नगद १५ हजार सहयाेग प्रदान गर्नु भएकाे छ ।

बिगत ५ बर्ष देखि मृगाैला राेगबाट पिडित हुनु भएका मन्तुप्रसाद चाैधरीकाे गएकाे माघ ५ गते शनिबार ४१ बर्षकाे उमेरमा आफ्नै निवासमा मृत्यु भएकाे थियाे ।

यसैबीच महाेत्सव सञ्चालनकाे चाैधाैँ दिन अर्थात मृत्यु भएकाे पाँचाैँ दिन आज बुधबार महाेत्सवका व्यवस्थापकहरू हिरा हमाल, त्रिकेन्द्र जिसी र हरि रावत (हरि दंगाली) ले सयुक्त रूपमा नगद रू १५ हजार सहयाेग प्रदान गर्नु भएकाे हाे ।

महाेत्सवस्थल नजिक भएकाे र मृगाैला राेगबाट लामाे समय सम्म ग्रसित भई निधन भएकाे भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाेक सन्तप्त परिवारजनलाई गहिराे समवेदना समेत प्रकट गर्नु भएकाे छ ।

साथै माेहत्सव व्यवस्थापकहरू तीनै जनाले पिडित परिवारलाई अगामी दिनमा थप आवश्यक सहयाेग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएकाे छ ।

यसैबीच महाेत्सव आयाेजक सिसहनियाँ उद्योग बाणिज्य संघले पनि पिडित परिवारलाई नगद सहयाेग प्रदान गर्ने जनाएकाे छ ।

संघका अध्यक्ष पूर्णबहादुर बुढाथाेकीले महाेत्सव समापन समाराेहमा पिडितलाई नगद सहयाेग गर्ने बताउनुभयाे ।

मृतकका श्रीमती उद्योग बाणिज्य संघकाे सदस्य समेत रहेकाेले संघ र व्यपारीहरूबाट संकलित सम्पूर्ण रकम एक मुष्ठ सहयाेग प्रदान गरिने अध्यक्ष बुढाथाेकीले बताउनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation