मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

लमही महोत्सवको आज लुम्बिनीका मन्त्री न्यौपानेले उद्घाटन गर्ने

लमही १० माघ  दाङ देउखुरीको लमही नगरपालिका–५ लमहीमा माघ १० गतेबाट सञ्चालन हुन लागेको महोत्सवको आज लुम्बिनीका मन्त्री प्रचण्डविक्रम न्यौपानेले उद्घाटन गर्ने भएका छन ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीले माघ १० गते देखि २७ गते सम्म लमहीको जैविक विविधता ग्रीनापार्कमा सञ्चालन गर्न लागेको सातौँ देउखुरी कृषि पर्यटन, तथा व्यापारिक महोत्सवको तयारी करिव पुरा भएको बताइएको छ । संघले बुधवार महोत्सव स्थल लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको तयारी करिव पुरा भएको जानकारी दिएको छ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिएका छन् । महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

बिहान १० बजे विभिन्न संस्कृति, भेष भूषा, बाजागाजा, संघ संस्थाको तूल ब्यानर सहित महोत्सवको मुल प्रवेशद्धार अगाडि जम्मा भई झाँकी ¥याली प्रदर्शन सहित लमही बजार परिक्रमा पछि विहान ११ बजे महोत्सवको उद्घाटन गरिने संघका अध्यक्ष ठकुरीले जानकारी दिएका छन् । महोसत्सवबाट संकलित रकमले आइसियु सहितको एम्बुलेन्स खरिद गर्ने, अजम्मरी सामुदायिक वन उपभोक्त समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कलाई व्यवस्थापनमा सहयोग गर्ने उद्देश्य राखिएको छ । कला साधक र सर्जक देशका अमूल्य निधि भएको उल्लेख गर्दै महोत्सवमा स्थानीय कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिइएको संघका अध्यक्ष ठकूरीले बताए ।

महोत्सवमा ३ सय वटा स्टल मध्य २ सय ५० वटा स्थानिय व्यापारी र ५० वटा कृषि क्षेत्रको लागि निर्धारण गरिएको छ । यस्तै महोत्सवमा प्रवेश शुल्क १ सय, विद्यार्थीलाई ८० रुपैँया कायम गरिएको छ । त्यसैगरी जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फरक फरक समुदायका फरक फरक मौलिक सांस्कृतिक झलकहरु महोत्सवमा हुने छ ।
महोत्सवमा आफ्नो संस्थाको पोसाग सहित झाकी प्रदर्शन गरेमा उत्कृष्ट हुनेलाई उचि पुस्कार प्रदान गरिने छ ।

महोत्सवमा पार्किङ्कको निशुल्क व्यवस्थापन गर्ने जनाइएको छ भने नेपाल औषधी व्यवसायी संघ दाङ संग समन्वय गरि महोत्सव अवधिभर निशुल्क प्राथमिक उपचार केन्द्रको लागि स्टल राखिने छ भने लमही नगरपालिका संग समन्वय गरि महोत्सवमा बारुण यन्त्र समेत राखिने भएको आयोजकले जनाएको छ । साथै कोइलाबास नाकालाई सुचारु गर्नका लागि भारतीय व्यापार मण्डल बलरामपुर र तुलसीपुरका पदाधिकारीलाई समेत महोत्सवमा सहभागी गराउने आयोजाकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । महोत्सवमा सुरक्षाका दृष्टिकोणले सीसीटीभी क्यामेराले निगरानी तथा निरीक्षण गरिनेछ । देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकूरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव ईश्वर पोख्रेलले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation