शिक्षा एक सामाजिक प्रक्रिया हो, जसले व्यक्तिलाई अर्थपूर्ण र सम्मानजनक जीवन बिताउन तयार गर्छ। अन्य सामाजिक शक्तिहरूसँग मिलेर यसले समाजको संरचनालाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छ ।
शिक्षाको माध्यमबाट समाजले आफ्नो ज्ञान, सीप, मूल्यमान्यता र व्यवहार ढाँचा आफ्ना युवा पुस्ताहरूलाई प्रदान गर्दछ। शिक्षालाई सामाजिक परिवर्तन र नियन्त्रणको सबैभन्दा शक्तिशाली साधनको रूपमा लिइन्छ ।
शिक्षाले मानव मनको अज्ञानता र संकीर्णताको अन्धकारलाई हटाउन सक्छ र परिवर्तन र विकासको लागि नयाँ विचार, नयाँ प्रकाश र नयाँ दिशा दिन सक्छ। शिक्षा मानिसको बौद्धिक संकाय विकास गर्ने प्रक्रिया हो । यसले सभ्य, परिष्कृत, सुसंस्कृत र शिक्षित बनाउँछ। सभ्य र सामाजिक समाजका लागि शिक्षा नै एकमात्र माध्यम हो । यसले मानिसलाई सिद्ध बनाउँछ ।
शिक्षाले मानिसलाई पूर्ण बनाउने एउटा प्रक्रिया हो, जुन जन्मदेखि मृत्युसम्म चलिरहन्छ । जीवनपर्यन्त चलिरहने सिकाइ प्रक्रिया शिक्षा हो, जसले मानिसको सर्वाङ्गीण विकासलाई सम्भव बनाउँछ र समाजमा योग्य एवम् सक्षम व्यक्तिको भूमिका निर्वाह गर्न सक्ने बनाउँछ । वास्तवमा शिक्षा सामाजिक विकासको एउटा प्रक्रिया हो । शिक्षा मानवीय परिवर्तनको प्रमुख तत्त्व हो ।
तसर्थ व्यक्तिको बौद्धिक, शारीरिक, सामाजिक, आर्थिक, सांस्कृतिक, नैतिक, भौतिक आदि हरेक क्षेत्रको सर्वाङ्गीण विकास गराउनु नै शिक्षाको कार्य हो । यसरी शिक्षा भन्नाले मानिसमा भएको क्षमताको विकास गर्नु, योग्य र सक्षम नागरिक बन्न सिक्नु, ज्ञान, सीप आर्जन गरी असल स्वभावको निर्माण गर्नु तथा समाजमा मिलेर बस्न सक्ने क्षमताको विकास गर्नु भन्ने बुझिन्छ ।
नवलपुर बासीको साथमा मानवीय विकासको महत्वपूर्ण पाटोको रूपमा रहेको शिक्षा क्षेत्रलाई समय सापेक्ष परिवर्तन गर्न जरुरी देखिन्छ । जसमा सभ्य, उन्नत, गतिशील, चेतनशील र सिर्जनशील समाजको निर्माण गर्ने एवं देश लाई विज्ञान र प्रविधिको बाटोमा अगाडी बढाउन साथै समृद्ध देश निर्माणको लागी तथा देशमा नयाँ पुस्ता निर्माण गर्न शिक्षा नै पहिलो ढोका हो ।
आज यसैलाई मध्यनजर गर्दै, हामी वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक युएईमा रहेका नवलपरासी पूर्व सुस्ता नवलपुर जिल्ला बासीहरूलाई गोलबन्द गर्दै २०१६ मा संस्थापना भएको नवलपुरेहरुको छाता संगठन गठन गरिएको र नवलपुरेहरुको छाता संगठन नवलपुर सेवा समाज यू.ए.ई. ले शिक्षा क्षेत्रलाई बिषेश ध्यान दिँदै नवलपुर भित्रका विद्यालयमा पठन पाठन गर्ने बालबालिकाहरूको सहयोगार्थ गरिब एवं जेहनदार विधार्थीलाई सहयोग तथा सम्मान होस भन्ने उदेश्यले नवलपुर सेवा समाज यू.ए.ई. को वार्षिक कार्ययोजना अनुरूप नवलपुर जिल्लामा रहेका ४ नगरपालीका, ४ गाउँपालीकामा अवस्थित विद्यालयहरु मध्ये हरेक बाट एकलाई समेटेर ८ अक्षय कोष निर्णय बमोजिम नवलपुर सेवा समाज युएइले पाचौं अक्षय कोष स्थापनार्थ कार्यक्रम चौथो कार्य समितिद्वारा पाचौं अक्षयकोष निर्माण देवचुली नगरपालिकामा श्री सिद्धि प्राथमिक विद्यालय बुङ्दीकाली ३ रकुवा नवलपरासी (ब.सू.पु.) नवलपुर सेवा समाजका युएईका सक्रिय सदस्य श्री पूर्ण रानाभाटको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको नवलपुर सेवा समाज युएईका अध्यक्ष गोपाल पराजुलिले बताउनु भएको हो ।