इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाअनुसार नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ५३ जना पुगेको छ । साथै, हालसम्म डेंगुबाट सङ्क्रमण हुनेको संख्या ४६ हजार ४१३ पुगिसकेको छ ।
यस वर्ष मनसुन लामो समय रहेकाले डेंगु संक्रमण कात्तिक अन्तिमसम्म नै फैलिन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।
एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगुको सङ्क्रमण हुने गर्दछ । डेंगु संक्रमणको जोखिम कम गर्न घर तथा कार्यस्थल वरिपरि निरन्तर सफा राख्नु पर्नेछ ।