मङ्लबार, फाल्गुन ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

चीनको हेनानमा आठ करोड ८५ लाख जनामा कोभिड संक्रमण

बेइजिङ । चीनको तेस्रो सबैभन्दा बढी जनसंख्या रहेको प्रान्त हेनानका ९० प्रतिशत मानिस कोभिड संक्रमित भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । एउटा पत्रकार सम्मेलनमा प्रान्तीय अधिकारी कान क्वाङले करिब आठ करोड ८५ लाख मानिस संक्रमित भएको तथ्य सार्वजनिक गरेका छन् ।

गत डिसेम्बरमा शून्य कोभिड’ नीतिहरू त्यागेयता चीनमा कोभिड संक्रमितको संख्यामा अप्रत्याशित रूपमा वृद्धि भइरहेको छ । सरकारको कडा नीति अन्तर्गतका लकडाउन क्वारेन्टाइन र सामूहिक स्वास्थ्य परीक्षणविरुद्ध जनसमूहबाट अनपेक्षित विरोध प्रदर्शन सुरु भएको थियो ।

तर, क्यानले कुन समय त्यति धेरै संख्यामा मानिसहरू संक्रमित भए भन्ने स्पष्ट पारेका छैनन् चीनको विगतको कोभिड नीति अनुसार संक्रमणको घटनालाई निकै न्यून देखाउने गरिएको थियो ।

विगत केही साताअघि मात्रै हेनानमा सो स्थिति देखिएको हुनुपर्ने अनुमान गरिएको छ । तीन वर्षपछि पहिलोपटक आइतबार देखि चीनले विश्वका लागि आफ्ना सम्पूर्ण सीमाना खुला गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation