बिहिबार, चैत्र ६, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

बसको झ्यालबाट टाउको बाहिर निकाल्दा स्कुले बालकको मृत्यु

काठमाडौं । स्कुलबाट फर्कने क्रममा बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर स्कुले बालकको मृत्यु भएको छ ।

लाजिम्पाटमा रहेको वेस्ट इलिमेन्ट्री मन्टेश्वरी स्कुलमा कक्षा ५ मा पढ्ने १४ वर्षीय आयुस्मान दाहालको मृत्यु भएको हो । काठमाडौं महानगरपालिका सामाखुसी बस्ने दाहाल बुधबार स्कुलबाट घर फर्कने क्रममा बसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठोक्किएका थिए ।

बा १ क ४६४२ नम्बरको बस विद्यार्थी लिएर फर्कदै थियो ।

रुखमा ठोक्किएर घाइते भएका उनलाई शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता दिनेश मैनालीका अनुसार बस चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation