सोमवार, बैशाख १५, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

मजदुरका लागि राप्ती गाउँपालिका अध्यक्षको महत्त्वपूर्ण कदम

सिसहनियाँ ५ चैत । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने रकम श्रमिक वर्गको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्नु हुने भएको छ ।

अध्यक्ष विष्टले साे सेवा सुविधाबाट गाउँपालिकाभित्रका श्रमिकहरूको निःशुल्क मेडिकल र दुर्घटना बीमा गरिदिने हुनु भएको हो ।

गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने श्रमिकहरूको स्वास्थ्य सुनिश्चित गर्न बीमा योजना ल्याइएको हो । “समाजका आधारस्तम्भ नै श्रमिक हुनुहुन्छ । उहाँहरूको स्वास्थ्य सुरक्षित भएमात्रै समृद्ध गाउँपालिका निर्माण सम्भव हुने भएकाले यो कार्य गर्न गरिएको हो,” अध्यक्ष विष्टले भन्नुभयो ।

मेडिकल बीमा योजनाअन्तर्गत श्रमिकहरूले निःशुल्क उपचार सुविधा प्राप्त गर्न सक्नेछन्। यसले श्रमिकहरूलाई आकस्मिक स्वास्थ्य समस्या पर्दा आर्थिक बोझ कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

उक्त कार्यमा सहभागी हुन चैत ८ गतेभित्र सचिवालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation