मङ्लबार, कार्तिक १९, २०८२

१७औं धर्मश्रीको ६५ केजी गोल्ड मेडलको प्रथम स्थानको उपाधी दाङ देउखुरीका माधव सुबेदिलाई

काठमाडौं । नेपालमा ब्यायाम क्षेत्रको जननी संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा काठमाडौं कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका १ पाखापानी स्थित मिस्का फिटनेस क्लबका संचालक माधव सुवेदी धर्मश्री प्रतियोगितामा ६५ केजीको प्रथम स्थानमा सहित नगद ३ लाख हात पारेका छ्न ।

उनले सम्पूर्ण दाङ जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि, १७औँ धर्मश्री ओभरअल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका हुन ।

यस उपलब्धिले उनले आफ्नो जिल्लालाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन ।

विजयी खेलाडीहरुलाई प्रतियोगिताका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन लगायत विशेष अतिथि कामपाका प्रवक्ता नवीन मानन्धर सहित विभिन्न वडाका अध्यक्षहरु, कलाकार, समाजसेवी, बिभिन्न क्षेत्रका हस्ती, चर्चित ब्यक्तित्व, खेलकर्मी लगायतले पनि पुरस्कार वितरण गरेका थिए ।

यसपटक मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्व.पीएल सिंहको नाममा पीएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको हो ।

१७औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation