मङ्लबार, कार्तिक १९, २०८२

मौरीघाटको महायज्ञबाट संकलित रकम मध्ये ८२ हजार रूपैयाँ पशुवृद्वा आश्रममा सहयोग

भालुवाङ १३ चैतदाङ देउखुरीको राप्ती गाउँपालिकाको वडा नम्बर ४, जनकपुर मौरीघाटमा सञ्चालित महायज्ञबाट संकलन भएको रकम मध्ये ८२ हजार पशुवृद्व आश्रममा सहयोग गरिएको छ ।

राप्ती गाउँपालिका–२ लालमटियामा रहेको कालिका सामुदायिक वन उपभोक्ता समूहद्धारा सञ्चालित पशुवृद्वा आश्रम तथा गौंशालामा नगद ८० हजार र गौं संरक्षकलाई नगद २ हजार गरि ८२ हजार रूपैयाँ कपिलवस्तु वाणगंगा नगरपालिका–९ रामदतिवन धाम पिठाधिसका प्रमुख कथा बाचक सन्त श्री कृष्णशरण दास महाराजले मंगलबार आश्रममा पुगि वनका अध्यक्ष जोहोरमान मियाँलाई हस्तान्तरण गरेका हुन् ।

गत माघ ७ गते देखि १३ गते सम्म राप्ती गाउँपालिका वडा नम्बर ४ जनकपुर मौरीघाटमा पितृ तथा गौ संरक्षण सेवाका लागि जंगालु चौधरी तथा छोरा विष्णुप्रसाद चौधरीको परिवारले सञ्चालन गरेको श्रीमदभागवत सप्ताह धन धान्याञ्चल भक्ति ज्ञान महायज्ञ २०८१ बाट संकलित दान दक्षिणा तथा भेटीको सो रकम वनका अध्यक्ष मियाँलाई हस्तान्तरण गरेका हुन् ।

यस अघि सो गौशालामा ३ क्वीइन्टल धान, १ बोरा नुन, गौरक्षकका लागि ५० केजी चामल, १० केजी तरकारी र उनका छोराछोरीलाई कापी कलम सहयोग गरिसकिएको प्रमुख कथा बाचक महाराजले बताए ।

सो रकम हस्तान्तरण कार्यक्रममा कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहोरमान मियाँ, कोषाध्यक्ष यमबहादुर रोका, संयोजक शिवबहादुर राना मगर, समाजसेवी तथा बुद्धिजिवीहरु तेजेन्द्रसिंह ठकुरी, भेषराज भुसाल, उपभोक्ता गिरबहादुर विक, नेपाल स्वम्सेवक संघ कपिलवस्तुका अध्यक्ष खेमराज पौडेल, कथा उपबाचकहरु आर्जन सुवेदी, अनिल भट्टराईको उपस्थिती र राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बिरबहादुर चौधरी, २ नम्बर वडा सदस्यहरु टेकबहादुर रावत, तुलसा विक र पत्रकार ओमप्रकाश गुप्ताको रोहवरमा सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation