मङ्लबार, कार्तिक १९, २०८२

चैतन्य पाठशाला मौरिघाटको दिक्षान्त समारोह कोपिला ३ सम्पन्न

देउखुरी १५ चैत्र । लुम्बिनि प्रदेश दाङ देउखुरिको मौरीघाटमा रहेको चैतन्य पाठशालामा दिक्षान्त समारोह कोपिला ३ शुक्रबार सम्पन्न भयको छ ।

चैतन्य पाठशालाका प्रबन्धक निर्देशक डाक्टर जिवराज आचार्यको अध्यक्षता एवं लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयकि सचीव माननीय दुर्गा लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अतिथि माननीय श्रेष्ठले बिद्यार्थीहरुको भविष्य बिद्यालयका शिक्षक शिक्षिकाको हातमा हुन्छ, पाठशालामा बच्चाहरुको सुनौलो भविस्य कोर्न सक्ने क्षमता हुने भएकोले शिक्षक शिक्षिका र घरमा अभिभावकको महत्त्वपूर्ण योगदान हुने गर्दछ त्यसैले बिद्यार्थीहरुलाई मायाले सम्झाइ बुझाई गरेर उनिहरुको मनस्थिति बुझेर उनिहरुलाई अघि बढ्न सक्ने क्षमतावाना बनाउन सुझाव सहित बच्चाहरुको उज्ज्वल भविस्यको कामना सहित आफ्नो मन्तव्य राख्नु भएको थियो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष पाठाशालाका प्रबन्ध निर्देशक डाक्टर जिवराज आचार्यले अभिभावकहरुको उपस्तिथि र साथ सपोर्टले यहाँ सम्म आइपुगेका छौ र आउने दिनहरुमा पनि स्कुलमा मात्रै नभइ अभिभावकले पनि बिद्यार्थीहरुको पढाईको बारेमा ध्यान दिएमा हामि र तपाइहरुको साथ सहयोगले सफल हुने कुरा बताउनु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुलाई खेल तथा शैक्षिक पुरस्कारहरु बितरण गरिएको थियो ।

सो कार्यक्रममा चैतन्य पाठाशालाकी प्राचाॠ सुष्मा रेग्मी, भालुबाङ अस्पतालका विशेषज्ञ डाक्टर रण बहादुर बोगटी लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

त्यसैगरी सह प्राचार्य बसन्तराज भट्टराई, पशुपति पौडेल, कार्य समितिका सदस्य तथा शिक्षक खगेन्द्र चौधरी, बिद्यालयका शिक्षक शिक्षिकाहरु, कक्षा १, २ र ३ का सम्पुर्ण अभिभावकहरु लगाएत अन्य अतिथिगणहरुको उपस्तिथि रहेको थियो ।

बिद्यालयकि शिक्षिका सरस्वती चौधरिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन शिक्षिका कल्पना गैरेले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation