
नवलपुरको एक मतदान केन्द्रमा मतपेटिकामा आगजनी भएको छ । देवचुली -४ झाँक्रेमा रहेको शान्ति श्रृजना केन्द्रमा मतपेटिकामा आगलागी भएको हो ।
प्रदेशको समानुपातिक तर्फको मतपेटिकामा आगलागी भएको जिल्ला प्रहरी प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीमा संलग्न एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।