बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

कुलपानी सामुदायिक वन समूहकाे ३१औँ साधारणसभा सम्पन्न

देउखुरी ११ बैशाख । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दाङका अध्यक्ष हरिप्रसाद भुसालले सामुदायिक वनलाई उद्यम र राेजगार संग जाेड्नु पर्ने बताउनु भएकाे छ ।

दाङ देउखुरीकाे कुलपानी सामुदायिक वन उपभोक्ता समूह गढवा गाउँपालिका-१, बडहराकाे ३१औं बार्षिक साधारणसभा तथा समूहकाे काठ गाेदाम घरकाे आज बिहिबार उद्घाटन गर्दै अध्यक्ष भुसालले यस्ताे बताउनु भएकाे हाे ।

उहाँले सामुदायिक वन समूहमा जाेडिएका उपभोक्ताहरूलाई पर्यापर्यटन तथा काष्ठ उद्योग लगायतका कार्यक्रमबाट राेजगारी सिर्जना गर्न तर्फ तप्परता देखाउनु पर्ने बताउनुभयाे । साथ‌ै उहाँले सामुदायिक वन समूहका सवालमा वन महासंघ निरन्तर रूपमा आन्दाेलित रहेकाे बताउँदै अध्यक्ष भुसालले आन्दाेलन र संवादबाट आवश्यक निकास निकाल्न सरकारले आफ्नाे भूमिका बढाउन समेत आग्रह गर्नुभयाे ।

त्यस्तै कार्यक्रममा बाेल्दै सव-डिभिजन वन कार्यालयका प्रमुख अनन्त डाँगीले सामुदायिक वन समूहलाई डढेलाेबाट बचाउन सबै उपभोक्ताहरू सचेत र जागरुक बन्न आग्रह गर्नुभयाे । उहाँले डेढेलाे कै कारण प्रत्येक बर्ष वन विनास हुने गरेकाे बताउँदै प्रमुख डाँगीले वन बचाउन डेढेला नियन्त्रण गर्न आवश्यक रहेकाे बताउनुभयाे । साथै डढेलाे नियन्त्रणका लागि वन समूहकाे प्रमुख एजेण्डा बन्नु पर्ने समेत बताउनुभयाे ।

समूहका अध्यक्ष नवराज शर्माकाे अध्यक्षता एवम् सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालकाे प्रमुख आतिथ्यता एवम् कालाकाटे सव-डिभिजन वन कार्यालयका प्रमुख अनन्त डाँगीकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएकाे हाे ।

साे अवसरमा समूहकाे ३ लाख ५० हजारकाे लगानीमा निर्माण गरिएकाे तीन काेठे पक्की काठ गाेदाम घरकाे उद्घाटन गरिएकाे छ । उक्त घरकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथी वन महासंघका दाङ जिल्ला अध्यक्ष भुसालले रिबन काटेर गर्नु भएकाे थियाे । त्यस्तै कार्यक्रममा वन समूहले दुई वटा सामुदायिक विद्यालय, एउटा वन कार्यालय र एउटा अति विपन्न घर परिवारलाई आर्थिक तथा भाैतिक सामाग्री सहयाेग गरेकाे छ ।

जस अनुसार साेही ठाउँकाे आदर्श प्राबि बडहरामा अध्ययनत १८ विपन्न विद्यार्थीहरूलाई अध्ययन शुल्क बाफत नगद ९९ हजार ६ सय, राप्ती गाउँपालिका-३, बसन्तपुर स्थित विपी आधारभूत विद्यालयलाई विपन्न विद्यार्थी छात्रबृत्ति प्रदानका लागि २५ हजार र कालाकाटे सव-डिभिजन वन कार्यालयलाई एक थान कलर प्रिन्टर र राप्ती गाउँपालिका-३, बसन्तपुरका अतिविपन्न उपभाेक्ता घर परिवारलाई २ थान पंलङ्ग समेत बितरण गरेकाे छ ।

समूहका उपाध्यक्ष राकेश शर्माकाे स्वागत मन्तब्यबाट शुरू भएकाे कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका जिल्ला सदस्य बिष्णुमाया बसेल, भू-तथा वातावरण संरक्षण अभियान नेपालका पूर्व केन्द्रीय सदस्य एवम् पत्रकार महेश रिजाल, समूहका पूर्व अध्यक्ष देबराज यादब र बुद्धिजीवी तथा शिक्षाप्रेमी राजितराम यादब लगायतका बक्ताले शुभकामना मन्तब्य व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन समूहका सचिव दिलबसी बिकले गर्नु भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation