बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

समयमा सुचना दिए प्रहरी समयमै घटनास्थल पुग्छ : प्रहरी निरिक्षक बम

देउखुरी २२ वैशाख । इलाका प्रहरी कार्यालय गढवामा भर्खरै सरूवा भएर आएका कार्यालय प्रमुख प्रहरी निरिक्षक डबल बहादुर बमले नागरिक र पत्रकारले कुनै पनि घटना दुर्घटनाको सचना समयमा दिए प्रहरी पनि समयमै पुग्ने बताएका छन् ।

प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन शाखा काठमाडौंबाट केही दिन अघि सरूवा भई आएका बमले सोमबार देउखुरी क्षेत्रका पत्रकारहरू सँगको परिचयात्मक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी समयमा घटना स्थल पुग्दैन भन्ने प्रश्नको जवाफमा प्रहरी निरिक्षक बमले नागरिक र पत्रकारबाट समयमा जानकारी वा सुचना नहुँदा प्रहरी समयमा पुग्न नसकेको बताए ।

त्यस्तै पत्रकारहरूले राखेको जिज्ञासामा प्रहरी निरिक्षक बमले शान्ति सुरक्षा मजबुत बनाउन सहकार्य आवश्यक रहेको बताए । प्रहरी निरीक्षक बमले आफू कानूनको शासनलाई सुदृढ बनाउँदै समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्ने कार्यमा संचारकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण रहने समेत बताए। उनले प्रेससँग समन्वय गर्दै सूचना प्रवाहलाई व्यवस्थित बनाउन प्रहरी सदैव सकारात्मक हुने उल्लेख गरे।

सहभागी पत्रकारहरूले प्रहरी र पत्रकारबीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै पारदर्शिता, सूचना पहुँच, र जनचासोका विषयमा सहकार्य गर्नुपर्नेमा जोड दिए। उनीहरूले अपराध नियन्त्रण, ट्राफिक व्यवस्था, गढवा र राजपुर गाउँपालिका भारतसँग सिमाना जोडिएको क्षेत्र भएकाले सीमावर्ती सुरक्षा, लागु औषध तस्करी, अवैध ओसारपोसार, अपराध नियन्त्रण, अवैध नदिजन्य पदार्थ उत्खनन, जैविक संरक्षण लगायत विशेष ध्यानाकर्षण गराएका थिए ।

परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य ओमप्रकाश गुप्ता, हिमालय टेलिभिजनका संसदीय संवाददाता सन्तोष कुमार गुप्ता, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारी, सदस्यहरू मोतीराम भट्टराई, विदुर एमसी, दाङ समाचार डटकमका सञ्चालक प्रिया स्मृति गजमेर, सिस्ने अनलाइनका श्रवण कुमार यादव, रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुखहरण यादव, नयाँ युगबोध राष्ट्रिय दैनिकका शिवराज पन्थी लगायतको सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation