लुम्बिनीमा कुन जिल्लामा कति मत खस्यो ?

आइतबार भएको निर्वाचनमा लुम्बिनी प्रदेशका १२ जिल्लामा सबैभन्दा कम मत रोल्पा र धेरै मत पश्चिम नवलपरासीमा खसेको छ ।

रोल्पामा ४६ दशमलव ३८ प्रतिशत मत खस्दा पश्चिमनवपरासीमा ७२ प्रतिशत मत खसेको हो । स्थानीय निर्वाचनभन्दा यो पटक पहाडी जिल्लाहरूमा निकै कम प्रतिशत मत खसेको छ ।

जिल्लास्थित निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा ६६ प्रतिशत, बाँकेमा ६६, कपिलवस्तुमा ६५, दाङमा ६१, पाल्पामा ६१, रुकुम पूर्वमा ६१, प्युठान, गुल्मी र अर्घाखाँचीमा ५५ प्रतिशत मतदान भएको छ ।

स्थानीय तहमा भएको भन्दा यो निकै कम रहेको तथ्याङ्कले देखाएको छ । पहाडी केही जिल्लामा विप्लव नेतृत्वको माओवादीले बहिस्कार गरेका कारण पनि केही मत घटेको आंकलन गरिएको छ ।

रोल्पाका पत्रकार माधव वलीका अनुसार थवाङलगायतका क्षेत्रमा बहिस्कारको प्रभाव परेर पनि मतदान कम भएको हो भने गठबन्धन गरेर दलहरू चुनावमा गएकाले पनि अर्को दलका उम्मेदवारलाई जिताउन बाहिर रहेका मतदाता गाउँमा नपुगेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation